
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मेरो माईक्रोफाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनमा चरम लापरबाही गरेको छ । संस्थाले गत बर्षको वित्तीय विवरणमा देखाएको ब्याज आम्दानी र ब्याज खर्चको जोड घटाउमा गल्ती गरिएको छ भने त्यो गल्तीले पूरै वित्तीय विवरण गलत देखाएको छ । संस्थारम लापरवाहीका कारण संस्थाको नाफा नोक्सान तथा प्रतिशेयर आम्दानी लगायतका सूचाङ्कहरु पनि डामाडोल भएका छन् । संस्थाका सीईओ रामहरि दाहालले झारा टार्ने काम गरेजस्तो गरी वित्तीय विवरण भेरिफाइ नगर्दा यस्तो समस्या आएको हो ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
संस्थाले बुधबार विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेको आफ्नो वित्तीय विवरणमा गत आर्थिक बर्षमा ५३ करोड १९ लाख ब्याज आम्दानी गरेर २६ करोड १४ लाख ब्याज खर्च देखाएको छ । यो हिसाबले संस्थाको खुद ब्याज आम्दानी २७ करोड ५ लाख हुन आउँछ । तर संस्थाले ५ करोड ३० लाख कम २१ करोड ७४ लाख मात्र खुद ब्याज आम्दानी उल्लेख गरेको छ । जसका कारण वित्तीय विवरण पूरै डामाडोल देखिन्छ । यहि कारण संस्थाका अन्य सूचांकहरु पनि गलत देखिएका छन् । संस्थाले आफ्नो वित्तीय विवरणमा खुद नाफा ९ करोड ४७ लाख देखाएको छ । तर सहि अर्थमा हिसाव गर्ने हो भने संस्थाको वास्तविक खुद नाफा १४ करोड ७८ लाख हो । यस्तै प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६८ पैसा हुनुपर्ने ठाउँमा संस्थाले ३३ रुपैयाँँ १२ पैसा भनी उल्लेख गरेको छ ।
यसो त यसरी गलत विवरण सार्वजनिक भएको घटना यो पहिलो भने होइन । तर मनपरी वित्तीय विवरण निकाल्ने, र भेरिफाइ नै नगरी पत्रिकामा छाप्ने यस्तो रैबैयाका कारण सोझा लगानीकर्ताहरु फस्ने सम्भावनाप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्