
काठमाडौँ – ओली प्रचण्ड सरकार मातहतका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले लाजमर्दो हर्कत देखाउन थालेका छन् । रौतहटमा एक नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेपछि यस्तो लाजमर्दो खबर बाहिरिएको हो ।
रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना होटेलबाट पक्राउ परेपछि जनताले उनीहरुलाई भोट दिएकोमा पछुतो मान्नुपर्ने अबस्था आएको छ।
नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विकसहित ५ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा राखेर सोधपुछ गर्ने काम भइरहेको प्रजिअ रिजालले बताए ।
यसरी सरकारी निकायको रकम होटेलमा गैर किन बाडफाड गरियो भन्ने कुरा अझै रहस्यमय रहेको छ । अनुसन्धानमा रहेकाले अहिले सबै बाहिर बताउन नमिल्ने प्रहरीले जनाएको छ ।
रकमसहित समातिएका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि घटनाको सत्यतथ्य बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्