×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकमा आवश्यक जनशक्ति व्यवस्थापन पोखरा विश्वविद्यालयले गर्ने

PRIME CA
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकमा आवश्यक जनशक्ति व्यवस्थापन पोखरा विश्वविद्यालयले गर्ने

१० श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेस बीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफविजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरे ।
मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयबाट विविए, विआई र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने, विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौता भएको हो । यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: