Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्तको भदौ १ मा हुने एजीएम हुँदै, के–के छन् एजेन्डा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भदौ १ गते नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । नाडेपले सभामा चुक्ता पुँजी १६ करोड रुपैयाँको १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्ने भएको छ । त्यसका साथै संस्थाको अधिकृत पुँजी ६४ करोड र जारी पुँजी ३२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभामा पेश हुनेछ ।
यता, कम्पनीले हालैमात्र बिक्री गरेको ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ अझै नेप्सेमा सूचीकृत भइसकेको छैन । आइपीओ सूचीकृत नभई हकप्रद बिक्री गर्ने योजना ल्याएको हो । आइपीओ बिक्री गरी कम्पनीले चुक्ता पुँजी १६ करोड रुपैयाँ पुर्याएको छ । 
साधारण सभा होटल पातलेवन भिनेयार्ड बाडभन्ज्याङ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सानको हिसाब लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK