×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेलीको १००% हकप्रद सेयर खुल्दै, कहिले सम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागबेलीको १००% हकप्रद सेयर खुल्दै, कहिले सम्म पाइन्छ भर्न ?

३ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन ४ गतेदेखि नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर बिक्री खुल्ने भएको छ । नागबेलीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बेच्न लागेको हो ।  यो हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीले भदौ ७ गतेसम्म भर्न पाइने छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलमा भने चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी