×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणकाजीले भनेः केसीले जे जे भन्नुहुन्छ त्यो पूरा हुदैन

LAXMI SUNRISE BANK

नारायणकाजीले भनेः केसीले जे जे भन्नुहुन्छ त्यो पूरा हुदैन

७ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रयोग गरेर सरकारलाई अप्ठेरोमा पार्ने खेल भइरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवस कार्यक्रमका लागि गृहजिल्ला गोरखा पुगेका उनले सरकारको काममा वाधा पुर्‍याउने गरी चलखेल सुरु भएको बताएका हुन् ।
‘बल्ल बल्ल पहिलो पटक राजनीतिक स्थिरता र जनुमखी विकास दिने गरी सरकारले काम गर्न लागेको बेला राजनीतिक स्थिरता पनि हुन नदिने र जनताले निर्वाचित गरेर बनाएको सरकारलाई अप्ठ्यारोमा पार्ने अभिप्रायले चलखेल भइरहेको छ,’ उनले पत्रकारहरुसँग भने ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सरकार लागी परेको बताए । डा. गोविन्द केसीको अनसन प्रति इंगित गर्दै श्रेष्ठले वार्ताद्वारा विना पूर्वाग्रह खुल्ला ढंगले समस्या समाधान गर्ने जानकारी दिए ।
‘डाक्टर केसीले जे जे भन्नुहुन्छ त्यो हुदैन तर स्वास्थ्य क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि हामी प्रतिवद्ध छौ‌ं,’ उनले भने । नेपालको चिकित्सा शिक्षा नीतिलाई गुणस्तरीय बनाउन सरकारको ध्यान केन्द्रित रहेको उनले जानकारी दिए ।
उनले निजी मेडिकल कलेजलाई तत्काल राष्ट्रियकरण गर्ने सोच सरकारको नरहेको बताए । ‘निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौ भने संविधान उल्लघंन गर्‍यो, व्यक्तिगत सम्पत्ति हड्प्यो, अधिनायकवाद उदायो भनेर अनेक आरोप लगाउँछन्, त्यसैले अहिले राष्ट्रियकरण गर्ने सोच बनाएका छैनौ,’ उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी