
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता ६२१.२९ रुपैयाँमा खुलेको छ । कम्पनीले यसै मूल्यलाई आधार मानेर आजको सेयर कारोबार सुरु गरेको छ । यसको औसत आधार मूल्य भने ९६८.६४ रुपैयाँ छ ।
कम्पनीले साउन २७ गतेदेखि १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसका लागि नयाँ नेपालले सोमबार बुक क्लोज गरेको हो । यसमा साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।
यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । हाल नयाँ नेपालको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्