×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद आउँदै, कहाँ जाने भर्न ?

७ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन २७ गतेदेखि नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद सेयर बिक्री खुल्ला हुने भएको छ । कम्पनीले १ः२.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता सेयर बेच्न लागेको हो ।  यो हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था रहेको छ । हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी