
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनसीसी बैंकको ५०% हकप्रद सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले हकप्रद निष्कासन गर्नका लागि साउन १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले काम गर्नेछ । राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अभियानमा एनसीसीले हकप्रदको बाटो रोजेको हो ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्