×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको ‘कालो ब्यानर’, भविष्य जोगाउन भन्दै रिले अनसन सुरु (भिडियोसहित)

PRIME CA

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको ‘कालो ब्यानर’, भविष्य जोगाउन भन्दै रिले अनसन सुरु (भिडियोसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २७ असार २०७५, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेजको व्यवस्थापनको लडाईले विद्यार्थीहरु चपेटामा पर्दा पनि व्यवस्थापनले कुनै चासो नदिएको भन्दै विद्यार्थीहरुले कलेज परिसरमै रिले अनसन सुरु गरेका छन् । व्यवस्थापनको विभिन्न विषयमा पटक-पटक भएको लडाईले विद्यार्थीहरुको पढाइ, कलेजको व्यवस्थापन, लगायतका कुराहरुमा असर पुग्दा विद्यार्थीले क्याम्पसमा पाउनुपर्ने अधिकारमाथि पनि धावा बोलिएको भन्दै विद्यार्थीहरु संघर्षमा उत्रिएका हुन् । क्याम्पसमा भएको व्यवस्थापन विवादले विद्यार्थीको पढाइ ठप्प भएपछि विद्यार्थीहरुले आन्दोलनको बाटो रोजेका हुन् । 
‘कलेजका कामकारवाही ठप्प भएको छ तर कसैले वास्ता गरेको छैन ।’ ‘ नेवि संघका नेता राम शरण आचार्यले अर्थ सरोकार डटकमसँग भने, ‘कलेजमा दुईवटा प्रशासन छ । एकले अर्कोलाई दोष लगाउने काम मात्र भएको छ । विद्यार्थीको समस्या सुनुवाई भएको छैन । विद्यार्थीबाट उठाएको शुल्क पनि विद्यार्थीका लागि हाम्रोसँग सदुपयोग भएको छैन । कलेजमा धेरै कुरालाई लिएर समस्या नै समस्या छ । यसरी त विद्यार्थीको भविष्य साच्चै अध्यारो हुने भएपछी हामीले रिले अनसन सुरु गरेका हौँ । हाम्रो माग पूरा नहुन्जेलसम्म हाम्रो अनसन रोकिने छैन ।’
यता समाजवादी फोरम निकट विद्यार्थी संगठनका नेता इन्द्रदेव शाहले आफ्नो माग पूरा नहुँदासम्म आफ्नो आन्दोलन नरोकिने बताएका छन् । ‘हाम्रो रिले अनसनको आन्दोलन अनिश्चितकालका लागि हो । हाम्रो माग पूरा नभएसम्म हामी आन्दोलनमै हुनेछौं ।’ नेता शाहले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने, ‘ विद्यार्थीहरु तनावमा छन् । हाम्रो माग छिटो भन्दा छिटो सम्बोधन होस् भन्ने हाम्रो चाहाना छ ।’

यता नेविसंघका अर्का नेता आलोक अधिकारीले कलेजमा दुईवटा प्रशासन भएकाले विद्यार्थीहरुलाई थप मर्का परेको बताएका छन् । ‘भोलिका दिनमा हाम्रो क्यारेक्टर सर्टिफिकेटमा कसले हस्ताक्षर गर्ने भन्नेसमेत द्विविधा हुने स्थिति छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै नेता अधिकारीले अगाडी भने, ‘कलेजमा समस्या नै समस्या छ । यो समाधानका लागि हाम्रो आन्दोलन जारी छ ।’

यता कलेजका कार्यकारी भाइस प्रिन्सिपल मोहनध्वज केसीले भने कलेजको समस्याको समाधान गर्न विभिन्न निकायमा पहल भएको भएपनि ठोस निष्कर्ष भने ननिस्किएको बताएका छन् । 
हेर्नुहोस् आन्दोलनरत विद्यार्थीहरुले जारी गरेको संयुक्त बिज्ञप्ति 
भिडियोमा  हेर्नुहोस् विद्यार्थी र भाइस प्रिन्सिपलको भनाइ :




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: