×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्जिनियरिङ कलेजको ‘बैंक खाता’मा विवाद, सीडीओले समाधान ननिकाल्दा सञ्चालकद्वारा बैंक घेराउ !

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्जिनियरिङ कलेजको ‘बैंक खाता’मा विवाद, सीडीओले समाधान ननिकाल्दा सञ्चालकद्वारा बैंक घेराउ !

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बिगत लामो समयदेखि व्यवस्थापनको किचलोमा परेको नेपाल इन्जिनियरिङ कलेजको व्यवस्थापन विवाद झन् उत्कर्षमा पुगेको छ । लामो समयदेखि व्यवस्थापन विवादका कारण विद्यार्थीको पढाइमा समेत असर परेको उक्त कलेजमा अहिले बैंक खाताको विषयलाई लिएरसमेत विवाद उत्पन्न भएको छ । कलेजका संचालकसहित ४ जनाको संयुक्त खातामा राखिएको पैसा विवादकै कारण बैंकले नदिएपछी उक्त विवाद चरम उत्कर्षमा पुगेको हो । कलेजमा भएको दुइवटा व्यवस्थापनमध्ये एउटा व्यवस्थापनले पैसा मागिरहेको र अर्को व्यवस्थापनले अहिले आफुहरु आधिकारिक भएकोले अर्को व्यवस्थापनलाई पैसा दिए राम्रो नहुने चेतावनी बैंकलाई दिएपछि बैंकले तत्कालका लागि खाता संचालनमा रोक लगाएको छ ।  
दुइवटा व्यवस्थापन रहेको कलेजका एक संचालकले केहि विद्यार्थी र केहि कर्मचारी लिएर बैंक घेराउ गर्न गएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कलेजका एक संचालक दीपक भट्टराइले बैंकले आफ्नो पैसा नदिएपछी आफु बैंक घेराउ गर्न बाध्य भएको दावी गरे । ‘खोल्ने बेलामा खाता खोलियो । अहिले पैसा दिने बेलामा नदिएर हुन्छ ? हामी बैंकको यो दादागिरिविरुद्ध आन्दोलन गर्दैछौं ।’ उनले अर्थ सरोकारसँग भने, ‘बैंकले पैसा नदिंदा निकै समस्या भएको छ । कर्मचारीले तलव पाएका छैनन् । विद्यार्थीको पढाइमा समेत असर गरेको छ ।’

यसो भन्छ बैंक !
यता एनआइसी एसिया बैंकका सूचना अधिकारी सुधीरनाथ पाण्डेले भने कलेजको व्यवस्थापनमा चरम विवाद भएको र सीडीओ कार्यालयले कुन व्यवस्थापन आधिकारिक भएको भन्ने जानकारी नदिएका कारण आफुले खाता संचालनमा रोक लाएको स्पष्ट पारे । ‘कलेजको खाता बैंकमा छ । खाता खोल्दा विवाद थिएन । अहिले व्यवस्थापननै दुइ वटा छ । त्यसैले अहिले कसैलाई पनि पैसा दिन सकिने अवस्था छैन । उहाँहरुलाई वार्तामा बोलाउँदा पनि नआउने वा सीडीओ कार्यालयले पनि कुन व्यवस्थापन आधिकारिक हो भन्ने जानकारी नदिंदा हामीले पैसा दिन नसकेका हौँ । केहि व्यक्तिहरु ल्याएर बैंकमा लफडा गर्न खोज्ने काम भएको छ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: