
काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुन र नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका वाङले सोमबार बिहान दाहालसंग भेटवार्ता गरेका हुन । दाहाल निवास खुमलटारमा भएको भेटमा नेकपा अध्यक्ष दाहालले कनेक्टिभिटीको कुरा सबैभन्दा पहिले आफूले उठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए । दाहालको भनाइ उद्धृत गर्दैै उनको सचिवालयले भनेको छ, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ ।’अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे । सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष दाहालप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ दिए ।
उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले जानकारी गराएका थिए ।
वाङले दुई कम्युनिस्ट पार्टीबीच एकता भएको र स्थायी सरकार बनेकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपालले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने विश्वाससमेत व्यक्त गरे ।
नेपाल चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको बताउँदै वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई चीन भ्रमणको निम्तो समेत दिए ।
‘केपी शर्मा ओली जीले सरकारको नेतृत्व गर्दै चीन भ्रमण गर्नुभयो, अब तपाईंले पार्टीको नेतृत्व गर्दै भ्रमण गर्नुहोस् भनेर आग्रह गर्दछु,’ वाङको भनाइ उद्धृत गर्दै दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराए ।
दाहालले उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने बताए । उनले आफूहरु चिनियाँ राष्ट्रपति सी जिन फिङलाई नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी पनि गराएका थिए ।
चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सहमति भएको बताउँदै त्यसलाई कार्यान्वयन गरिने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्