×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ: चुक्ता पूँजी ४ अर्ब ३९ करोड पुग्यो, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ !

काठमाडौं । बीमा कम्पनीहरुमध्येकै अब्बल मानिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । बीमा समितिले २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएकोमा कम्पनीले त्यो भन्दा दोब्बर चुक्ता पूँजी बनाएको छ । समितिको उक्त निर्देशन अधिकांस इन्सुरेन्स कम्पनीले पुर्याउन सकेका छैनन् । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनश दिएको जनाएको छ।यो सबैभन्दा बढी बोनश दिने बीमा कम्पनीमा पर्छ। नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब, चुक्तापूँजी रु ४ अर्ब ३९ करोड रुपैयाँ रहेको जनाएको छ । 
पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन् । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाइसकेको छ । विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ पनि यो कम्पनीलेे पाएको थियो। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: