×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँ कलेज अफ म्यानज्मेण्टद्वारा आयोजित कार्यक्रम ‘नेपाल म्यानज्मेण्ट सिम्पोजियम २०१८’ सम्पन्न (फोटोकथा)

काठमाडौँ – काठमाडौँ कलेज अफ म्यानज्मेण्ट (केसीएम) स्टुडेण्ट काउन्सिलद्वारा आयोजित कार्यक्रम ‘नेपाल म्यनज्मेण्ट सिम्पोजियमको’ सातौ संस्करण, यहि जुलाई २०, २०१८ मा सम्पन्न भएको छ । १९ जुलाई बिहिबार र्याडिसन होटलमा सुरु भएको उक्त कार्यक्रमको समुद्घाटन धितोपत्र बोर्डका अधक्ष्य डा. रेवत बहादुर कार्कीले गरेका हुन् । दुई दिन चलेको उक्त कार्यक्रममा व्यवस्थापनका मुख्य पाटाहरुको चार शृंखलामा छलफल गरिएको थियो ।
पहिलो दिन फाईनानसिएलको नोमिक्सर मार्केटिंग एण्ड ब्रान्डिङ शिर्षकमा छलफल भएको थियो भने दोस्रो दिनको शृंखलामा लिडरसिप एण्ड अर्गनैजेसन र उद्यमशीलताको बिषयमा छलफल भएको थियो । उक्त चार शृंखलामा स्वदेशी तथा बिदेशी गरि कुल १६ बक्ताले आफ्नो विज्ञता तथा अनुभव सुनाएका थिए भने सहभागीले आफ्नो मनमा लागेका कुरा प्रस्न गरेका थिए ।
५०० बढिले सहभागी जनाएका यस कार्यक्रममा विभिन्न कलेजका बिद्यार्थी साथ साथै विभिन्न क्षेत्रका बुद्धिजीवी, ब्यबसायिक कर्मचारी तथा पत्रकारहरुले उपस्थिति जनाएका थिए । काउन्सिलका अधक्ष्य रिचा तण्डुकारका अनुसार बार्षिक रुपमा हुने यस कार्यक्रमले सहभागीहरुमा नयाँ बिषयवस्तुको ज्ञान प्राप्त हुने र व्यपस्थापन क्षेत्रमा अगाडी बढ्न र उद्यमशीलता गर्न युवा माझ उर्जा थपिने बताए र बिद्यार्थीनै देशको भबिष्य भएका कारण बिद्यार्थीहरुमा व्यवहारिक शिक्षाको खाचो पूर्ति गर्न यस कार्यक्रम काठमाडौँ कलेज अफ म्यानज्मेण्टको बिद्यार्थीहरुकै नेतृत्वमा आयोजना गरिएको जानकारी गराए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: