
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल एसबीआई बैंकले २४ वर्षदेखि थन्किएर बसेको नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५२/५३ देखि ०६९/७० सम्म दिएको नगद लाभांशमध्ये ७९ लाख २४ हजार ५९१.३६ रुपैयाँ अहिलेसम्म बैंकमै बसेको छ । यो नगद लाभांश लिन बैंकले सेयरधनीहरुलाई बोलाएको हो ।
एसबीआईले आर्थिक वर्ष २०५२/५३ मा वितरण गरेको नगद लाभांशमध्ये २ लाख ५५ हजार रुपैयाँ अझैसम्म बैंकमै रहेको छ । यसैगरी, सेयरधनीहरुले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० को मात्रै २२ लाख ७३ हजार ९२२.९० रुपैयाँ ९० नगद लाभांश लिएका छैनन् । सबैभन्दा थोरै आव ०५३/५४ को २ लाख ३९ हजार ६०० रुपैयाँ नगद लाभांश सेयरधनीले लैजान बाँकी देखिन्छ ।यस्तै, बैंकले आइपीओ जारी गर्दा सेयर नपरेका लगानीकर्ताहरुले पनि ५ लाख ६ हजार रुपैयाँ फिर्ता लैजान बाँकी रहेको छ ।
नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार काठमाडौंमा सम्पर्क गरेर लैजान सक्ने बैंकले जनाएको छ । नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम बैंकको वेबसाइटमा समेत राखिएको छ । बैंकका अनुसार सूचना प्रकासित भएको मिति (साउन ६ गते) देखि ३० दिन भित्र पनि नगद लाभांश नलैजाने लगानीकर्ताको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्