Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीपरिषद्को निर्णयसँगै नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदको जागिर पनि चट् ! अव को बन्ला नेप्सेको नयाँ जीएम ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देउवा सरकारले भदौ १४ गते देखि फागुन ३ सम्म गरेका सबै नियुक्ती खारेज गर्ने निर्णय भएसँगै नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदपनि जागिर गएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सो बेला गरिएका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेको हो । 
सरकारका प्रवक्ता एव्म सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले दिएको जानकारी अनुसार भाद्र १४ गतेदेखि फाल्गुन ३ गतेसम्मका सबै नियुक्ति खारेज गरिएका हुन् । 
नेप्सेका महाप्रबन्धक साउदसँगै यसरी नियुक्ती खारेज हुनेमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी युवराज भुषाल, गोरखापत्रका महाप्रवन्धक बसन्तप्रकाश उपाध्याय, दुरसंचार प्राधिकरणका महाप्रवन्धक दिगम्बर झा लगायत छन् ।
मन्त्रीपरिषद्को निर्णयसँगै अव नेप्सेको महाप्रबन्धक को होला भन्ने चर्चासमेत सुरु भएको छ । यो बीचमा ओली निकट एक बैंकर र एक चार्टड एकाउन्टेन्टको चर्चा बाहिर आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK