
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाली पत्रकारिता क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशील रहेका पत्रकार सुद्युम्न पौडेल टिभी टुडे टेलिभिजनको समाचार प्रमुख पदमा नियुक्त भएका छन् । टेलिभिजन सञ्चालक समितिले उनलाई समाचार संयोजकबाट बढुवा गरेर समाचार प्रमुखमा नियुक्त गरेको हो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका उनीसँग टेलिभिजनमा काम गरेकोसमेत लामो अनुभव छ । नयाँ आर्थिक बर्षदेखि व्यवस्थापकीय जिम्मेवारीमा हेरफेर गरेको टेलिभिजनले यसअघि नै पनि अन्य पदमा विभिन्न व्यक्तिको जिम्मेवारी हेरफेर गरेको थियो ।
आर्थिक बर्ष २०७५/०७६ देखि लागु हुने गरी टेलिभिजनको सञ्चालक समितिको निर्णयबाट यसअघि बिराज पन्त कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए भने टेलिभिजनका बजार व्यवस्थापक कमल लम्साल नायव महा–प्रबन्धकमा बढुवा भएका थिए । यसका साथै टेलिभिजनले सहायक मार्केटिङ मेनेजर पदमा कार्यरत सचिन दाहाललाई मार्केटिङ मेनेजर पदमा बढुवा गरेको थियो । यस्तै टेलिभिजनले रात दत्त मिश्रलाई स्टेसन म्यानेजरको जिम्मा दिएको थियो ।
टेलिभिजनमा टुडे संवाद, पावर च्याट, बिकासका लागि बहस, यौनका कुरा, सिए सरोकार, अर्थ सरोकार, कुरा खस्रा मिठा लगायतका कार्यक्रम चर्चित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्