
काठमाडौंं – एनआईसी एशिया बैंकले २० स्थानमा रहेका आफ्ना काउण्टरको समय परिवर्तन गरेको छ । बैंकले बैकिङ्ग कारोबारलाई ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यले आषाढ १९ गतेबाट देशका प्रमुख शहरहरुमा अवस्थित शाखाहरु खुल्ने र बन्द हुने समय परिवर्तन गरेको जनाएको छ ।
बैंकका देशका विभिन्न स्थानमा रहेका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेकोमा सोही बमोजिम निम्न शाखाहरुमा आईतवार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने जनाएको छ ।
बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुको सूची
क्र.स. शाखा कार्यालय र ठेगाना
१ त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२ महाराजगंज महाराजगंज, काठमाण्डौं
३ सामाखुसी सामाखुसी, काठमाण्डौं
४ नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
५ पुल्चोक पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल ठमेल, काठमाण्डौं
८ न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
९ न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
१० कमलादी कमलादी, काठमाण्डौं
११ नारायणगढ नारायणगढ, चितवन
१२ वीरगंज वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान धरान, सुनसरी
१५ बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६ इटहरी इटहरी, सुनसरी
१७ बुटवल बुटवल, रुपन्देही
१८ दमक दमक, झापा
१९ बिर्तामोड बिर्तामोड, झापा
२० नेपालगञ्ज नेपालगञ्ज, बाँके
बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब ११९ अर्ब रुपैयाँ सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले दावी गरेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्