Skip to content
LAXMI SUNRISE BANK

यो हो नि त ‘काइदा’ ! अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बन्यो एनएमबि बैक

अर्थ सरोकार

काठमाडौँ – एनएमबि बैक नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बनेको छ । बैकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैकले यो स्वीकृति प्रदान गरेको हो । गत अप्रिल २०१८ माInternational
Finance Corporation (IFC)
  का प्रतिनिधि मण्डलले एनएमबि बैकको भ्रमण गरि ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरुको गहन अध्यन गरेका थिए । 
वित्तीय क्षेत्रमै पहिलो पटक एनएमबि बैकले नेपाल सरकारको बिकास नीति तथा कार्यक्रमहरुमा पर्ने क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन, राष्ट्रिय राजमार्ग, बिद्मुत प्रसारण लाईन, केवलकार, सुरुङ्गमार्ग, एयरपोर्ट, पुल, साना तथा मझौला ब्यवसाय, लघुवित्त गरि बिभिन्न खाले आधारभुत संरचनाका क्षेत्रहरुमा वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब पार्ने उद्देश्यले काम गरिरहेको छ । साथै बैकले अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट समेत यस्तै प्रकारका ऋण ल्याउन पहल समेत गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK