×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबिको साउन ३१ मा एजीएम हुँदै, १५% बोनसका साथमा अन्य यस्तो छ प्रस्ताव

PRIME CA
GLOBAL IME BANK

एनएमबिको साउन ३१ मा एजीएम हुँदै, १५% बोनसका साथमा अन्य यस्तो छ प्रस्ताव

१० श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं – साउन ३१ गते एनएमबि बैंकको साधारण सभा हुने भएको छ । बैंकले १५% बोनस र कर तिर्न ०.७८९५% नगद लाभांश  दिने प्रस्ताव पनि पेश गर्दैछ । बैंकले बोनस वितरणमा १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ र नगद लाभांशका लागि ६ करोड २५ हजार ९७९ रुपैयाँ खर्च गर्नेछ । 
बैंकले एफपीओ वितरण पछि कायम चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ बाट बोनस वितरण गर्न लागेको हो । एफपीओ भर्नेले समेत एनएमबि बैंकको बोनस पाउनेछन् । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा दिउसो २.३० बजे सुरु हुनेछ । 
बोनस वितरण पछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसन प्रकृयामा लैजान परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि एनएमबिले साउन १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यसआधारमा साउन १६ गतेसम्म मात्र कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस सुरक्षित गर्न सक्नेछन् । हाल एनएमबिको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: