
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ओम डेभलोपमेन्ट बैंकले आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकले ८४ करोड ६० लाख खूद ब्याज आम्दानी गरेको छ । बैंकले २ अर्ब ४० करोड ब्याज आम्दानी गर्दा १ अर्ब ५६ करोड खर्च भएको छ । बैंकले रिजर्ब कोषलाई ८१ करोड ३० लाख पुर्याएको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ओम डेभलपमेन्ट बैंकले २१ अर्ब ४५ करोड निक्षेप संकलन गरेको छ । १८ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १६ अर्ब ६ करोड निक्षेप संकलन गरी १४ अर्ब ५ करोड कर्जा परिचालन गरेको थियो ।
समीक्षा अवधिमा बैंकले ०.९० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.५७ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैयाँ पुगेको छ भने यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३२.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३१ गुणा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्