
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी पुगेर कविता कोरेका छन् । साहित्यकारहरुका साथ केवलकार चढेर चन्द्रागिरिको डाँडामा पुगेका उनले शीर्षक विनाको कविता कोरेका हुन् । शीर्षक नभएपनि उनको कविताको मूलभाव भने मरेपछि पनि सपना देख्न पाऊँ भन्ने रहेको छ ।
प्रधानमन्त्री ओलीले पत्नी राधीकालाई साथैमा राखेर यस्तो कविता कोरेः
परिवर्तनशील दुनियामा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जीन्दगी मर्नु त छँदैछ ।
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा मुनि मेची महाकाली
हाम्रा लहलह खेतबारी झपक्क कान्ला र आली
सपनामा भएपनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्