×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको खुद नाफा ४.०८ % वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

PRIME CA
GLOBAL IME BANK

पोखरा फाइनान्सको खुद नाफा ४.०८ % वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

१० श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म पोखरा फाइनान्सले खुद नाफा ४.०८% ले वृद्धि गरेर ९ करोड १३ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा फाइनान्सले ८ करोड ७७ लाख ७७ हजार नाफा आर्जन गरेको थियो ।
यता, सञ्चालन नाफामा सुधार आएपनि खुद ब्याज आम्दानी भने घटेको छ । फाइनान्सले अघिल्लो आवमा १३ करोड ३६ लख ७२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । गत आवमा यो ५.९२% ले बढेर १४ करोड १५ लाख ९३ हजार पुगेको छ । तर खुद ब्याज आम्दानी भने ९.८५% ले घटेर १६ करोड ९९ लाख ९ हजार रुपैयाँ मात्र छ । अघिल्लो आवमा १८ करोड ८४ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पोखराले ४ अर्ब ३२ करोड १२ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १४ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.१२% र कस्ट अफ फन्ड ९.२१ छ । कम्पनीले चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुर्याएको छ ।
अघिल्लो आवमा ५५ करोड ७४ लाख २० हजार रुपैयाँ रहेको चुक्ता पुँजी अहिले ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ पुर्याएको हो । कम्पनीले जगेडा कोषमा ३५ करोड ७५ लाख ३७ हजार रुपैयाँ राखेको छ । पोखराको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: