×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

१८ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले असार ११ देखि संंस्थापक समूहको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समूहको ६ लाख ७१ हजार ६२ कित्ता गरि जम्मा २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । प्रभु बैंकको नेप्सेमा आइतबार क्लोजिङ प्राइस प्रतिकित्ता १८२ रुपैयाँ रहेको छ । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौं तथा वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ । प्रभुकै नेपालगञ्ज, धनगढी, बाग्लुङ र कावाशोती नवलपरासी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 
संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण तर्फ १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यमा आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । लिलामी पछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी