- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद भर्न अब ४ दिन मात्र बाँकी रहेको छ । यसमा साउन १० गतेसम्म मात्र आवेदन दिन सकिनेछ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।
हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।