
काठमाडौँ – नेपालको शान्ति प्रक्रिया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै अमेरिकी राजदूत एलाइना बी टेप्लिजले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेकी छिन् ।
आफ्नो कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेटमा यस्तो बताएकी हुन् । प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।
भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए ।
साथै प्रचण्डले राजदूत टेप्लिजले सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । ‘तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो ।’ प्रचण्डले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्