
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको भारतमा भएको उपचारप्रति आशंका जनाएका छन् ।
प्रचण्डले नयाँ दिल्लीमा सीता दाहालको गलत उपचार भएका कारण सिंगापुर जानुपरेको बताएका हुन् । ‘नयाँदिल्लीमा गरिएको उपचार गलत थियो’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिंगापुर उपचारका लागि गएका हौँ ।’
केही महिना अगाडि सीता दाहालले आफ्ना दुई छोरीहरू रेणु त्रिपाठी र गंगा आचार्यलाई लगेर नयाँ दिल्लीमा उपचार गराएकी थिइन् ।
सिंगापुरमा झण्डै तीन हप्ताको उपचारपछि सीता दाहाल आइतबार साँझ काठमाडौं आइपुगेकी छिन् । उनको उपचारमा पति प्रचण्डका साथै सहयोगीहरू र नर्सलाई पनि सिंगापुर लगिएको थियो ।
सीता दाहालको उपचार खर्च सरकारले व्यहोरेको हो कि आफ्नै निजी खर्चमा भएको हो भन्नेबारेमा केही बताइएको छैन । नेपालमा उपचार गर्न सम्भव भए पनि सीता दाहाललाई सिंगापुर उपचार गराउन लगिएको भन्दै आलोचना पनि भएको थियो ।
प्रचण्ड र सीता दाहाललाई स्वागतका लागि आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, विष्णु रिमाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, भानुभक्त ढकालसहितका नेताहरू पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्