×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई देउवाकाे जवाफः जे गर्छौ गर, मलाई मतलव छैन !

PRIME CA
GLOBAL IME BANK

प्रचण्डलाई देउवाकाे जवाफः जे गर्छौ गर, मलाई मतलव छैन !

११ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका नेता र प्रचण्डमाथि रुखो शब्द प्रयोग गरेको खुलासा भएको छ । गोविन्द केसीको मुद्धामा सहयोग गर्न आग्रह गरेका नेकपाका नेतालाई देउवाले कुनै चासो नदिएको र उल्टो शब्द प्रहार गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुुलासा गरेका हुन् ।
शुक्रबार नेकपा संसदीय दलको बैठकमा नेकपाका नेताहरुले कांग्रेस सभापति देउवालाई पनि टेलिफोन गरेर वार्ता सफल बनाउने भूमिका खेलिदिन अनुरोध गरेका थिए । तर, देउवाले ‘जे गर्छौ गर, मलाई मतलव छैन’ भनेर रुखो जवाफ दिएको प्रचण्डले बैठकमा जानकारी दिएका थिए ।
डा. केसीको मुद्दामा प्रतिक्रियावादी शक्तिहरुले नेकपा र सरकारविरुद्ध चलखेल गरेको प्रचण्डले बताएका थिए । उनले भने, ‘ठाउँ ठाउँमा एम्बुस थापिन सक्छ, सजग भएर हिँड्नुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई–तीन जना उफ्रिने र आफूहरु रमिते हुनु हुँदैन भन्दै एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्नेमा जोड दिएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामी डा. केसीको मुद्दामा सफल भएका छौं । अपडेट भएर बसौं, एकताबद्ध भएर लागौं र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाऔं ।’
कठिन प्रयासमा वार्तालाई सफल बनाएर संसदको सर्वोच्चता कायम राखेको र मुलुकलाई अस्थीर बनाइराख्ने कांग्रेसको अस्त्रलाई निस्तेज पारेको नेकपाका नेताहरुले बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र सुवास नेम्वाङले बिफ्रिङ गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: