
काठमाडौँ – संयुक्त अरब ईमिरेट्स(युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले नेपालमा हुने सुन तस्करी, मानव तस्करी रोक्न चाहे आफूहरु सम्झैता गर्न तयार भएको बताएका छन् ।
बिहिवार गृहमन्त्री रामबहादुर थापासँग गृहमन्त्रालयमा भएको शिष्टचार भेटका क्रममा राजदुत नाक्बिलले यस्तो बताएका हुन् । मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको राजदुतले बताएका थिए ।
नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानको क्रममा नेपालको आग्रहअनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । युएईमा ३३ किलो सुन प्रकरणमा प्रतिवादी बनाएका रमेश उप्रेतीलाई पक्राउ गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्