×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अहिलेको सरकारले भ्रष्टाचारबाहेक केहि गर्दैन, पहिला दरबारमा केन्द्रित भएको भ्रष्टाचार अव गाउँ-गाउँ पुग्यो’ (भिडियो)

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अभियानता राम कुमार ठाकुरले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । अरनिको टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सम्बोधन’मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । साथै उनले अहिलेको सरकारले आफ्ना कर्मचारीहरुलाई समेत घुस खान प्रेरित गरिरहेको आरोप समेत लगाएका छन् । ‘कति ठाउँमा बाध्यात्मक भ्रष्टाचार भएको छ ।’ कार्यक्रममा उनले भनेका छन्, ‘सरकारले कम तलव दिएपछि भ्रष्टाचार बाध्यात्मक रुपमा भएको छ ।’     
साथै उनले नेपालका विभिन्न राजनीतिक दलहरु पनि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । ‘नेताहरुले चुनावमा पैसा लगानी गरेका छन् । अव त्यो पैसा उठाउन पनि त भ्रष्टाचार गर्नु पर्यो । यहि रोगले नेपाललाई भित्रभित्र गलाईरहेको छ ।’ उनले भनेका छन् । कार्यक्रममा उनले भ्रष्टाचार कति किसिमका हुन्छन्, नेपालमा कस्तो खालको भ्रष्टाचार बढी छ, नेताहरुले कुन हदसम्मको भ्रष्टाचार गरिरहेका छन् भन्ने विषयमा बोलेका छन् । साथै उनले भ्रष्टाचार धेरैजसो नीतिगत रुपमा भएकाले यसलाई रोक्नुपर्ने जोड दिएका छन् ।
‘पहिला-पहिला भ्रष्टाचार दरवारमा सिमित थियो । अहिले संघीयता सँगसँगै भ्रष्टाचार पनि गाउँ-गाउँ स्तरमा पुगेको छ । यसलाई रोक्न सकिएन भने हाम्रो देशको स्थिति धेरै बिग्रिन्छ ।’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन् । बाँकी अरनिको टेलिभिजनमा प्रशारित उनको भिडियो हेर्नुहोस् ।
          

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: