Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना

अर्थ सरोकार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । 
संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ९० जना रक्तदाताहरुले रक्तदान गरे । संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरुलाई संघको लागो अंकीत टोपी हस्तान्तरण गरे ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल नियमित रुपमा संस्थाको सम्वद्र्धनका अतिरिक्त कर्मचारीहरुको पेशागत हक हितको सवालमा जोडदार रुपमा आवाज उठाउंदै आईरहेको रावा बैंक भित्रको सवैभन्दा जेठो ट्रेड यूनियन हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK