Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै राष्ट्रिय वाणिज्य बैंक, एकैसाथ चार नयाँ शाखा सञ्चालन

अर्थ सरोकार

राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले थप चार शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको हो । 
यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।
बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK