×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा तेह्रथुमको बसन्तपुरमा, बैंक सञ्चालक रवीन्द्रलाल श्रेष्ठले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा तेह्रथुमको बसन्तपुरमा, बैंक सञ्चालक रवीन्द्रलाल श्रेष्ठले गरे उद्घाटन

Artha Sarokar

१७ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तेह्रथुमको लालीगुराँस नगरपालिका– २ बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएको छ । उक्त शाखा बैंक सञ्चालक समितिकका सदस्य रवीन्द्रलाल श्रेष्ठले उद्घाटन गरे । त्यस क्रममा श्रेष्ठले बैंकले सरकारी नीतिलाई सघाउ पुग्ने गरी अगाडि बढिरहेको बताए ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र व्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गरि स्थानीय व्यापारलाई अगाडि बढाउन सघाउ पुर्याउने बताउनुभयो । सो समारोहमा नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, बैंकको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र कट्टेललगायतको उपस्थिति रहेको थियो । 
बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । चालू आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी