![](https://3.bp.blogspot.com/-5jc1Qyxp4q0/W1WK_IP_AOI/AAAAAAAA22I/ouYJro_KF_U1jALAvzPDJ1R5DBW69KehwCLcBGAs/s640/Reliance-finance.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साउन ८ गतेदेखि रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । कम्पनीले यसअघि २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गर्दा नबिकेपछि अहिले तेस्रो पटक लिलामीमा ल्याउन लागिएको हो ।
यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम समय साउन १६ गते तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।