×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स फाइनान्सको सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

८ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । यसअघि रिलायन्सले २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गर्दा नबिकेपछि मंगलबारदेखि तेस्रो पटक लिलामीमा ल्याइएको हो । 
यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम समय साउन १६ गतेसम्म छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी