
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेको छ ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र नेपाली महिलाको अस्मितामाथि मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राप्रपाले आइतबार विज्ञप्ति जारी गरेर राजीनामा मागेको हो ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कानूनमन्त्री तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । यस्तै, झापाको बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गर्न राप्रपाले माग गरेको छ ।
प्रसाईंले बंगलादेशस्थित कलेजका प्राध्यापकहरूले नेपाली चेलीलाई करणी गर्ने गरेको आपत्तिजनक कुरा गरेकोमा राप्रपाले कारबाहीको माग गरेको हो । चैतर्फी रुपमा कानुनमन्त्रीको राजीनमा माग गरिए पनि प्रधानमन्त्रीको डिसिजन भने हेर्न बाँकी नै ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्