Skip to content
LAXMI SUNRISE BANK

सीईओको क्वालिफिकेसन विवादले कुख्याति कमाएको सांग्रीला डेभलोपमेन्ट बैंकको नाफा घट्यो, खराव कर्जा अनुपात बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म ३२ करोड ७६ लाख बढी खूद नाफा आर्जन गरेको छ ।अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख नाफा आर्जन गरेको थियो । सीईओको क्वालिफिकेसन विवाद लगायतले व्यवस्थापनले खास ध्यान दिएर काम गर्न नसकेपछी नाफामा त्यसको नतिजा देखिएको हो । 
बैंकको संचालन मुनाफा पनि घटेको छ । अघिल्लो वर्ष ५३ करोड ८६ लाख रुपैयाँ रहेको संचालन मुनाफा घटेर ५१ करोड ४४ लाखमा सीमित बन्न पुगेको छ । यता बैंकको यो अवधिमा बैंकमा खराब कर्जाको अनुपात बढेको छ । अघिल्लो वर्ष ०.६० प्रतिशत रहेको यस्तो अनुपात बढेर ०.७८ प्रतिशत पुगेको हो । कोषको लागत ९.०७ प्रतिशत रहेको छ भने समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँको हाराहारीमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK