×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तराष्ट्रिय ब्राण्डकै यस्तो बिजोग : बीरगंजमा ‘सिग्नेचर’ ब्राण्डको रक्सीमा भेटियो झिंगा, जालो र लेदो (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
बीरगंज- अन्तरास्ट्रिय ब्राण्डको रुपमा ख्याती कमाएको सिग्नेचर ब्राण्डको रक्सीमा अखाद्य वस्तुहरु भेटिएका छन् । बीरगंजमा भेटिएको रक्सीको बोत्तलमा यस्तो भेटिएको हो । बोत्तलमा अन्तशुल्क टिकटपनि टाँसीएको छ । यो अर्थमा यो रक्सी नक्कली होइन । रक्सीको बोत्तलमा ‘सिल प्याक’ पनि गरिएको छ । तर रक्सीको बोतलभित्र झिंगा भेटिएको छ भने अन्य अखाद्य बस्तुहरु पनि भेटिएको छ । बोतलभित्र जालो स्पष्ट रुपमा देख्न सकिन्छ भने झिंगा पनि देख्न सकिन्छ ।
बीरगंजमै बस्ने एक उपभोक्तासँग सुरक्षित रहेको उक्त बोत्तलमा यस्तो अखाद्य बस्तु भेटिएपछि बीरगंजमा सिग्नेचर ब्राण्डको रक्सी किन्दा उपभोक्ताहरु निकै सचेत हुन थालेका छन् । कतिपयले त यो घटनापछि बीरगंजमा नक्कली रक्सी भित्रिएको दावीसमेत गरेका छन् । यसविषयमा सम्बन्धित डिलरका प्रतिनिधि भने केहि पनि बोल्न चाहेका छैनन् । यसले कम्पनीको कर्तुत डिलरले छोप्न खोजेको समेत देखिन्छ ।
सिग्नेचर विश्वका धेरै राष्ट्रमा चलेको अन्तराष्ट्रिय ब्रान्ड हो । र सिग्नेचर ब्राण्डका रक्सी ठूलो परिमाणमा विक्री वितरणसमेत हुने गरेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: