
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिन्धु विकास बैंकको साधारण सभा मिरावल रिसोर्ट एन्ड होटल प्रालि, धुलिखेलमा १० बजेबाट सुरु भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.९५% बोनस र कर तिर्न ०.३१३% नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकले २ करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस र १४ लाख ७७ हजार ९३७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंकको कार्यक्षेत्र चितवन र मकवानपुरमा पनि विस्तार गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि राखिएको छ ।
सभामा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत छ । साधारण सभा गर्न सिन्धुले असार २२ देखि आइतबार (असार ३१ गते) सम्म बुक क्लोज गरेको छ । असार २१ सम्म कायम सेयरधनीले मात्र बोनस पाउन सक्नेछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्