
- अर्थ सरोकार समाबाददाता
काठमाडौँ – भायानेटले जनतालाई ठगेर वाक्क, दिक्क, प्याक्क बनाएको तथ्य त धेरैलाई थाहा भइसकेको छ । तर बजारमा भायनेटमात्र होइन अरु दुइ इन्टरनेट सेवा प्रयादक पनि ठग निस्किएका छन् । ग्राहकहरुसँग अतिरिक्त शुल्क लिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक दुई कम्पनीहरु सुबिसु र वेव सफरलाई पत्र काटेपछी यस्तो रहस्य खुलेको हो । बिभिन्न शिर्षक राखेर ग्राहकसंग अतिरिक्त शुल्क लिएको भन्दै सुबिसु र वेबसर्फरलाई पत्र काटेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका मोनिटरिङ विभाग प्रमुख विजयकुमार रायले दिएको जानकारी अनुसार वेबसर्फर र सुबिसुले प्राविधिक, मर्मत सम्भार र सहायता लगायतका शिर्षक देखाएर ग्राहकसँग नियमविपरीत पैसा लिएको भेटीएको छ ।
‘सुबिसु र वेब सफरले नियम मिचेर विभिन्न शिर्षककमा ग्राहकसँग बढी पैसा लिईएको पाइयो । हालका लागि स्पष्टीकरण सोधेका छौं । प्राधिकरणले स्वीकृति नदिएको विभिन्न शिर्षक राखेर पैसा लिएको प्रमाणित भए कारबाही हुन्छ ।’ रायले अर्थ सरोकार डटकमसँग भने, ‘पछिल्लो समय यी दुइ कम्पनीहरुका विरुद्ध अलि बढी नै उजुरी प्राधिकरणमा आएको थियो । उनका अनुसार दुरसञ्चार नियामावलीको बुँदा नम्बर १५ को ‘ज’ मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिएको स्तरअनुरुप निशुल्क मर्मत सम्भार गर्नुपर्नेछ’ भनी स्पष्ट रुपमा भनिएको छ । यहि नियम मिचिएका कारण यी दुइ कम्पनीहरुलाई प्राधिकरणले स्पष्टीकरण मागेको हो । यता सुबिस केवल नेटका सञ्चालक सुधिर पराजुलीले भने प्राधिकरणले विभिन्न शिर्षकमा राखेर लिईने शुल्कलाई एउटै शिर्षकमा राख्न भनेको दावी गरेका छन् ।
यता राजनीतिक आडमा प्राधिकरणले भायानेटलाई भने राजनीतिक आडमा छुट दिंदै आएको छ । भायानेटले भ्याटमा समेत छली गरेको खुलासा हुँदा पनि प्राधिकरणको उच्च तहसँगको साँठगांठका कारण भायानेटलाइ छुट दिंदै आएको आरोप चौतर्फी रुपमा लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्