
काठमाडौं – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ ।
समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल पोद्दारसम्म पुगेर समितिले आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
असार अन्तिममा प्रतिवेदन बुझाउने तयारी गरेका छानवीन समितिका सदस्यहरूले विमल पोद्दारलाइ पक्राउ गरे लगत्तै उनले दिएका नाम मध्ये केही व्यापारी पक्राउ परे पनि प्रहरी अधिकृत र पूर्वप्रहरीका भाई तथा व्यापारिक साझेदारहरू भने जोगिएका छन् ।
एसपी हुँदा विमानस्थलमा बसेका कल्याण तिमिल्सना डिआइजी हुँदा विमानस्थलमा बसेका विज्ञानराज शर्मा र विजयलाल कायस्थ तथा उनका आफन्त र निकट नातेदारहरूलाई भने समितिले जोगाएको आरोप लागेको छ ।
नेपालमा सामासुङ कम्पनीको सामानहरू बेच्ने मुख्य एजेण्ट दिपक मल्होत्रादेखि केही पूर्वमन्त्री तथा तत्कालिन समयमा भन्सार प्रमुख रहेका लोकमानसिंह कार्कीसम्म जोगिएका छन् । भुजुङ गुरुङ पक्राउ परे पनि कालु मनाङ्े भनिने कालु गुरुङ, नेकपाका केही नेता र तिनका कार्यकर्ताहरू समेत जोगिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा रहेका दीपक मल्होत्रा र भन्सार विभागमा तत्कालिन सुब्बा हालका एक पूर्वमन्त्री समेत फस्ने अवस्था आएपछि सरकारी तहबाटै छानवीन समितिलाई त्यहाँभन्दा अघि नबढ्न निर्देशन दिइएकाले समितिको ध्यान मान्छे पक्राउ गर्नुभन्दा पनि प्रतिवेदन तयार गर्न तर्फ लागेको हो ।
हुण्डी तस्कर विमल पोद्दारले उपेन्द्रकान्त अर्याल उपराध महाशाखाको प्रमुख भएर जानुभन्दा अघिका सबै हामिकलाई आफूले प्रतिमहिना २० हजार दिएर पालेको थिएँ, उनीहरूकै सहयोगले सुन तथा हुण्डी तस्करीमा लागेको हुँ’ भन्ने बयान दिएका थिए ।
सो बयानको आधारमा त्यो अर्यालभन्दा अघि महाशाखा प्रमुख भएर को–को प्रहरी अधिकृत बसे र उनीहरूको उपल्लो तहसम्मको अवस्था र कनेक्सन को–को सँग रहेको थियो भनेर हेर्ने हो भने सबै छानबिनको दायरामा पर्नुपर्ने हो तर समितिले सो विषयमा पनि मौनता देखाएको छ । उपेन्द्रकान्त अर्याल त्यहाँबाट सरुवा भएपछि पनि केही प्रहरी अधिकृतलाई रकम बुझाएको उनले बयान दिएका छन् । कल्याण तिमिल्सिना, विरेन्द्रबाबु श्रेष्ठ देखि विजयलाल कायस्थसम्मको नाम लिएको स्रोतको दाबी छ ।
पोद्दारले पछिल्लो पटक तिमिल्सिना महानगरीय प्रहरी कार्यालयको प्रमुख हुँदा र प्रहरी प्रधान कार्यालयमा सरुवा भएर जाँदा पनि विमानस्थलबाट सुन तस्करी हुने गरेको तिमिल्सिना आफैंले प्रहरी प्रधानकार्यालयबाट गाडी पठाएर स्कर्टिङ गरेको बयान दिँदा पनि उनीहरूमाथि सामान्य छानबिन समेत नगरिनु थप रहस्यमय बन्दै गएको स्रोतको दाबी छ ।
निष्पक्ष छानबिनका लागि भन्दै सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल विशेष व्युरोबाट एसएसपी बसन्त लामा र सुदीप पाठक (हाल सरुवा) सीआईवीबाट भिष्म हुँमागाइ र राष्ट्रिय अनुसन्धान विभागबाट निर्देशक हुतराज थापाको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति गठन गरेको थियो । सोही समितिले अपराध महाशखाका तत्कालिन प्रमुख दिवेश लोहनीसहित पूर्व डिआइजी गोविन्द निरौला समेतलाई सुन तस्करीको आरोपमा पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केको तेस्रो दिन बालुवाटारमा गृहसचिवसहित छानबिन समितिका सबै पदाधिकारीलाई राखेर मान्छे मात्रै पक्राउ गरिएको हराएको भनिएको सुन अझै नभेटिएको भन्दै समीतिको कामबारे असन्तुष्टि प्रकट गरेका थिए ।
त्यसपछि समीतिका सदस्यहरूले सुन फेला पार्ने विषयमा केही कसरत गरेको तथा चुडामणी उप्रेती गोरेका भाई रमेश उप्रेतीलाई लिन भनेर सिआईबीको दुई सदस्यलाई दुवई समेत पठाएको भए पनि उनीहरू रित्तो हात फर्केपछि हाल प्रतिवेदन तयार पार्ने काममा जुटेको स्रोतले जनाएको छ । पछिल्लो पटक एमके अग्रवाल खोज्न गएको टोली पनि कलकत्ताबाटै फर्केको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्