
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता ५८०.३६ रुपैयाँ कायम भएको छ । आइताबार सूर्याको सेयर कारोबार यही मूल्यलाई आधर मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ७२७.२१ रुपैयाँ छ ।
सूर्याले असार ३२ गते साधारण सभा गर्दैछ । यसका लागि आइतबार बुक क्लोज गरेको हो । सभामा हालै बिक्री गरिएको ४०% हकप्रद भर्नेले पनि पाउने गरी १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव लगिनेछ। यसैगरी, १२% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँको फेरि ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव पनि सभाको एजेन्डा बनाइने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्