
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले साउन १६ गतेदेखि सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ३ अजार २८९ कित्ता र सर्वसाधारणको ७१ हजार ९५ कित्ता गरी कुल ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । लिलामीको बोलपत्र साउन २३ गतेसम्म पेश गर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । यो सेयर सबै बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्