
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार ३२ गते सूर्या लाइफ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । कम्पनीले सभामा १२% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ । कर तिर्न ०.६२% नगद लाभांश दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । कम्पनीले १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस र नगद लाभांशमा ६३ लाख ८२ हजार ८९५ रुपैयाँ खर्च गर्ने भएको छ । यो बोनस सेयर हालै मात्र बिक्री गरिएको ४०% हकप्रद भर्नेले पनि पाउने छन् ।
सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । सूर्याले बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीबाट पुनः ७०% हकप्रद सेयर बिक्री गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा पेश गर्दैछ । बोनस सेयर र हकप्रद पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ ।
आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुनेछ । साधारण सभा गर्न सूर्याले असार १७ गतेदेखि असार २३ गतेसम्म बुक क्लोज गरिरहेको छ । यसआधारमा असार १६ सम्म कायम सेयरधनीले बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्