×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी फाइनान्सको भएन प्रगति, खुद नाफामा ५२.७२% ले गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिनर्जी फाइनान्सको भएन प्रगति, खुद नाफामा ५२.७२% ले गिरावट

११ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा सिनर्जी फाइनान्सले ५ करोड २२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५२.७२% थोरै हो । अघिल्लो वर्ष सिनर्जीले ११ करोड ६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
खुद ब्याज आम्दानी पनि १८.४७% ले घटेर १० करोड ५२ लाख ५९ हजार रुपैयाँमै खुम्चिएको छ । अघिल्लो वर्ष सिनर्जीले १२ करोड ९१ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन घाटा पनि १६ करोडबाट बढेर २१ करोड २२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन घाटा चुलिनुले पनि समग्र वित्तीय विवरणमा असर पारेको देखिन्छ । चुक्ता पुँजी ४७ करोड ४४ लाख ९ हजार रुपैयाँ रहेको सिनर्जीको रिजर्भ कोष पनि १३ करोड ३७ लाख १६ हजार रुपैयाँ नोक्सानमा छ । खराब कर्जामा भने केही सुधार आएको छ । अघिल्लो वर्ष २३.४४% रहेको सिजर्नीको खराब कर्जा यो त्रैमासमा १८.३३% रहेको छ । 
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०२ पैसा रहेको सिनर्जीको प्रतिसेयर नेटवर्थ भने ६० रुपैयाँ ७९ पैसा रहेको छ । सिनर्जीलाई बेष्टले एक्वायर गरी साउन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । बेस्टले १ः१ स्वाप रेसियोमा सिनर्जीलाई एक्वायर गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी