×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सको खुद नाफा ८६.९७% वृद्धि, अन्य सुचकको यस्तो छ विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वोमी माइक्रोफाइनान्सको खुद नाफा ८६.९७% वृद्धि, अन्य सुचकको यस्तो छ विवरण

९ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८६.९७% वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ३ करोड ९५ लाख ५ हजार रुपैयाँ कमाउन सफल भएको छ  ।  
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले खुद ब्याज आम्दानी ३९.६६% वृद्धि गरेर ८ करोड ४२ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ ।साथै सञ्चालन नाफा ९१.४४% बढाएर ६ करोड ३ लाख १२ हजार रुपैयाँ कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले खुद नाफा पनि बढाउन मद्दत पुर्याएको छ ।
वोमीले ४५ करोड ४१ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २३ करोड ८१ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो माइक्रोफाइनान्सको खराब कर्जा १.१३% बाट घटेर ०.६५% मा सीमित भएको छ । यता, कस्ट अफ फन्ड भने १०.०६% बाट १०.८३% पुगेको छ । वोमीले चुक्ता पुँजी ३०% ले वृद्धि गरी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । 
रिजर्भ कोषमा ६ करोड ५४ लाख ३१ हजार रुपैयाँ जम्मा गरेको छ । रिजर्भ कोषमा अघिल्लो वर्ष २ करोड ६१ लाख ३७ हजार रुपैयाँ मात्र थियो । यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी