
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनको सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ । तर यो मुल्यांकन सेयर बजारका लगानीकर्ताहरुका लागि भने अचम्मको हुन सक्छ। मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिंदा अर्थमन्त्री भने ग्रीनजोनमा परेका छन् । रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् । यो बर्गीकरणमा लालबाबु पण्डित कसरी रेड जोनमा परे भन्ने चर्चा पनि सुरु भएको छ । महासेठ भने सिन्डिकेट प्रकरणमा विवादमा तानिएका मन्त्री हुन् । लालबाबु पण्डितले मन्त्री भएदेखि नै विभिन्न ठाउँमा अनुगमन गर्ने लगायतका राम्रा काम पनि गरिरहेका छन् ।
यसैगरी एल्लो जोन अर्थात निगरानीको सूचीमा ९ जना मन्त्री छन् । यसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा छन् । सञ्चार प्रविधिमन्त्री बास्कोटा पछिल्लो समय नेपाल टेलिभिजनको एक कार्यक्रम बन्द गराईएपछी विवादमा आएका थिए ।
यता ग्रिन जोन अर्थात सन्तोषजनकको सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा छन् । अर्थमन्त्री खतिवडा सरकारमा आएदेखि नै उनले लिएको कसिलो रणनीति र बोलीरहेका विभिन्न भनाइहरुले सेयर लगानीकर्ताहरुका माझ उनी अलोकप्रिय बन्दै गएका छन् । तर उनी ग्रीनजोनमा परेको खबर सार्वजनिक भएको छ । उनकै बोलीका कारण सेयर बजार माथि जान नसकेको समेत दावी धेरै लगानीकर्ताहरुले गरिरहेका छन् । यद्यपी कर संकलन लगायतका काममा उनले खेलेको भूमिकालाई धेरैले प्रशंसा नै गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्