×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले बदमासी गरेको भन्दै एसडीएचडिको पत्रकार सम्मेलन, ३ अर्व रुपैयाँ बिगो दाबी गर्दै राष्ट्र बैंकमा उजुरी !

अर्थ सरोकार

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार

PRIME CA

हिमालयन बैंकले बदमासी गरेको भन्दै एसडीएचडिको पत्रकार सम्मेलन, ३ अर्व रुपैयाँ बिगो दाबी गर्दै राष्ट्र बैंकमा उजुरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बेला बेलामा विभिन्न काण्डमा परेर विवादमा आइरहने हिमालयन बैंक पुन: रकम हिनामिनाको काण्डमा परेको छ । बैंकलाई रकम हिनामिनाको आरोप लगाउँदै म्याक्स मनि एस.डी.एच डिले तीन अर्व रुपैया बिगो दाबी गरेपछी बैंकको यस्तो काण्ड बाहिरिएको हो । रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस. डी.एच डिका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेश गरी तीन अर्व बढि रकम भुक्तानी पेश गरेको आरोप लगाउदै उक्त बिगो दावी गरेपछि बैंक एकाएक विवादमा आएको हो ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले बिगत २० वर्षदेखि कारोबार गर्दै आएको कम्पनीमा झुठो बिवरण पेश गरेर तीन अर्व रुपैयाँ हिनामिना भएको दाबी गरेका छन् भने बैंकलाई कुनै पनि हालतमा कारवाही हुनुपर्ने आवाज उठाएका छन् । बैंकले गरेको मनपरीका कारण आफ्नो इज्जतमाथि नै प्रश्न उठेको र आफ्नो प्रतिष्ठामाथि आंच आएको भन्दै बैंकलाई हदैसम्मको कारवाहीको मागसमेत गरेको छ ।
यसो त मेलेसियन कम्पनी म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा यस विषयमा उजुरीसमेत दर्ता गराईसकेका छन् । पत्रकार सम्मेलनका क्रममा अर्थ सरोकार डटकमका प्रतिनिधिले सोधेको प्रश्नको उत्तर दिंदै उनले भनेका छन्, ‘हामीले राष्ट्र बैंकलाई यस विषयमा जानकारी दिईसकेका छौं । राष्ट्र बैंकले यो केसको छिनोफानो गरेन भने हामी अदालतीय प्रक्रियामा जान्छौं ।’ 
यता पत्रकार सम्मेलनमै एक प्रेस बिज्ञप्ति जारी गर्दै कम्पनीले हिमालयन बैंकले म्याक्स मनिसँग स्वनिर्मित पिन नम्बर पेश गरेर बढि रकम र कमिशन दावी गरेको, म्याक्स मनिलाई छलकपट जालसाजी गरेर म्याक्स मनिद्धारा पठाईएको पैंसा हिमालयन बैंकको हिसावबाट हटाईएको, हिमालयन बैंकको कारण म्याक्स मनिलाई आर्थिक क्षति भएको लगायतका विवरण उल्लेख छ । बिज्ञप्तिमा हिमालयन बैंकका विभिन्न अधिकारीहरुको नाम नै किटेर यस्तो घोटालामा उनीहरु संग्लग्न् भएको आरोप लगाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: