
- अर्थ सरोकार सम्बाददाता
सल्यान- आमा । नाम नै काफी छ । घर व्यवस्थापनदेखि आफ्ना सन्तानको रेखदेखसम्म अब्बल हुने आमाहरु मिलेर बनेको आमा समूहले सल्यानमा उल्लेखनीय काम अरेको छ । सल्यानको एक स्वास्थ्य आमा समुहले आफ्नै लगानिमा गाउघर क्लिनिकको भवन निर्माण गरेको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ५ गोठीवन मा यस्तो भवन निर्माण गरिएको हो ।
केहि गर्ने उदेश्यका साथ २०६५ सालबाट प्रति महिना ५ रुपियाँ जम्मा गर्दै आमा समूहमा बस्न सुरु गरेका महिलाहरुले अहिले एक लाख बराबर को लागतमा उक्त गाउँघर क्लिनिक बनाउन सफल भएका छन् । यसले समग्र गाउँमा खुसी ल्याएको छ भने आमा समूहले गरेको कामको चौतर्फी वाहवाहि भइरहेको छ । सल्यानको गोठीबनमा ९ जनाको समूह बाट सुरु भएको समूहमा अहिले ३४ जना आमाहरु सदस्य रहेका छन् ।उक्त भवन उद्घाटनका क्रममा वडा अध्यक्ष डिल्ली बहादुर ओलीले आमा समूहको खुलेरै प्रशंसा गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्