×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँची सिमेन्टको बदमासीका कारण समग्र नेपालकै बेइज्जत, स्थानीय मारमा, पशु चौपायाले आहारा खानै छोडे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्घाखाँची सिमेन्टको बदमासीका कारण समग्र नेपालकै बेइज्जत, स्थानीय मारमा, पशु चौपायाले आहारा खानै छोडे !

Artha Sarokar

१२ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय सबैभन्दा बढी विवादमा आएको सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्ट उद्योग थप विवादमा आएको छ । अर्घाखाँचीकै जनप्रतिनिधिले सिमेन्टको ब्राण्ड खारेज हुनुपर्ने माग राखिरहेका बेला सिमेन्ट उद्योगले जनस्वास्थ्य माथि खेलबाड गरिरहेको तथ्य बाहिर आएको छ भने उद्योगले गरेको बदमासीका कारण स्थानीय जनता र पर्यटक मारमा परेको खबर सार्वजनिक भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारका मालिक रहेको उक्त उद्योगले अनिवार्य रुपमा जडान गर्नुपर्ने वातावरण संरक्षण सम्बन्धी कुनै पनि उपकरण तथा उपाय जडान नगरी जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको छ । यतिसम्म कि स्थानीयले लुगा कपडा धोएर सुकाए पनि सुक्दासम्म महिलो भइसक्ने, उद्योगले फालेको धुलोका कारण बाह्रै महिना रुघा खोकी लाग्ने, पशु चौपायाले आहारा नखाने, झोक्राउने गरेको भन्दै आपत्ति जनाएका छन् ।
पर्यटक पनि मारमा ! स्थानीय जागे पनि स्थानीय निकायले वास्ता गरेन !
यसो उद्योगले वातावरण संरक्षण सम्बन्धी कुनै पनि उपकरण तथा उपाय जडान नगरेकै कारण त्यसले फैलाएको प्रदुषणले पर्यटक पनि मारमा परेका छन् । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका क्षेत्रमा उद्योगकै कारण वातावरण प्रदुषित बनेको छ । सोहि कारण पर्यटकलाई निकै अफ्ट्यारो परिरहेको पर्यटनकर्मीहरु बताउँछन् । यसले समग्र नेपालको इज्जत पनि धमिलो बनाएको छ । यसो त यस विषयमा जनता नाजागेका पनि होइनन् । सिमेन्ट उद्योगको धूलाको कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको, सागपात समेत खान नहुने भएको, पशु चौपाया समेत बिरामी परेको भन्दै स्थानीयले कि त धुलो फाल्ने प्रणालीको व्यवस्थापन गर्न, कित , उद्योग जन्य नै सार्न चेतावनी दिंदै स्थानीय निकायहरुमा उजुरी पनि गरेका छन् । तर राजनीतिक पावरका भरमा मुरारकाको यो गलत धन्दा अझै रोकिएको छैन । आफू उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको, राजनीतिक नेतृत्वसँग आफ्नो प्रत्यक्ष सम्पर्क रहेको भन्दै उनले वातावरण विभागको निर्देशनलाई समेत टेरेका छैनन् । यसले समग्र स्थानीयबासी आजित भइसकेका छन् । अर्घाखाँची सिमेन्टले उद्योगमा धुलो नियन्त्रणको प्रणाली समेत जडान गरेको छैन । 
अर्घाखाँची सिमेन्टको बदमासीका कारण नेपालकै बेइज्जत !
अर्घाखाँची सिमेन्टले गरेको गलत धन्दा त आफ्नो ठाउँमा छंदै छ । उद्योगको बदमासीका कारण समग्र नेपालकै बेइज्जत भएको छ । एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनअनुसार लुम्बिनी काठमाडौँपछिको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको छ । लुम्बीनीलाई सबै भन्दा बढी प्रदुषित बनाउने काम यहि सिमेन्ट उद्योगले गरेको स्थानीयहरुको आरोप छ । यहि कारण समग्र नेपालको नै बैज्जत भइरहेको उनीहरुको तर्क छ । यसो त स्थानीय प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेल, गृहमन्त्री कुलप्रसाद केसीलाई समेत अर्घाखाँची सिमेन्ट उद्योगको ज्यादतीका बारेमा जानकारी गराएका छन् । अझ अर्थ सरोकार डटकमको एक कार्यक्रममा बोल्दै अर्घाखाँची जिल्लाका जनप्रतिनिधिसमेत रहेका टोप बहादुर रायमाझीले त उक्त सिमेन्टको ब्राण्ड खारेज हुने दावी समेत गरेका थिए । तर मुरारकाको नाम नै लिएर थर्कमान हुने यी नेताहरुले सिमेन्ट उद्योगले जनतालाई गरेको ज्यादतीबारे बोल्न सकिरहेका छैनन् । 
यो पनि पढ्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी